नियम ३८
रजिष्ट्रारको काम, कर्तव्य र अधिकार
रजिष्ट्रारको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) कानून बमोजिम दर्ता गर्नु पर्ने अभियोगपत्र, पुनरावेदन पत्र र मुद्दासँग सम्बन्धित निवेदनपत्र जाँची दर्ता गर्ने र दर्ता गर्न नमिल्ने भए कारण खुलाई दरपीठ गर्ने,
(ख) मुद्दाको पेशी तोक्ने,
(ग) मुद्दामा पेश भएका प्रमाणका लिखतहरू जाँच्ने,
(घ) मुद्दाका पक्ष र साक्षीहरूलाई समाह्वान, म्याद वा सूचना जारी गर्ने र तामेल भई आएको म्याद वा सूचना रीतपुर्वकको भए नभएको जाँची बेरीतको देखिए बदर गरी पुन रीतपूर्वक तामेल गराउने,
(ङ) सैनिक विशेष अदालतको कार्यवोझको विचार गरी मुद्दाको तारेख तोक्न लगाउने
(च) तारेख किताव खडा गरी त्यसमा जनाउनु पर्ने कुराहरू उल्लेख गर्न लगाउने,
(छ) शुरु सैनिक अदालतबाट प्रमाण लगाइएका मिसिल कागजातहरू मिसिलमा संलग्न छन् छैनन् हेरी संलग्न नभए सम्बन्धित सैनिक अदालतबाट झिकाइ संलग्न गराउने,
(ज) कानून बमोजिम लिन पाउने धरौटी, जमानत वा अन्य दस्तूर लिने वा लिन लगाउने,
(झ) सर्वोच्च अदालतमा पुनरावेदन परेको मुद्दाको मिसिल र प्रमाण कागजातहरू सर्वोच्च अदालतमा पठाउने,
(ञ) शाखामा भएको कुनै मिसिल वा लिखतको निरीक्षण गर्ने,
(ट) लिखतको नक्कल दिने,
(ठ) सैनिक विशेष अदालतबाट भएको आदेशको चाँडो कार्यान्वयन गर्ने र गर्न लगाउने,
(ड) आवश्यक परेमा इजलास अधिकृतको कार्य गर्न प्राड अधिकृत खटाउने,
(ढ) सैनिक विशेष अदालतका अभिलेखहरू दुरुस्त राख्न लगाउने,
(ण) सर्वोच्च अदालतमा पुनरावेदन नपरेमा वा पुनरावेदन दिन पाउने म्याद सकिएपछि सैनिक विशेष अदालतले गरेको फैसला कार्यान्वयन गर्न सम्बन्धित निकायमा लेखापढी गर्ने ।